
पर्सा । नयाँ भन्सार ऐन २०८२ का प्रावधानप्रति असन्तुष्टि जनाउँदै सुरु गरिएको भन्सार ‘एजेन्ट’हरूको आन्दोलनले भन्सार जाँचपास प्रक्रियामा व्यापक असर पारेको छ । मंसिर २० गतेदेखि लागू भएको संशोधन तथा एकीकृत भन्सारसम्बन्धी कानुनले एजेन्टहरूको कार्यक्षेत्र प्रभावित भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनका कारण मंगलबार पेट्रोलियम पदार्थ बाहेक अन्य सबै वस्तुको भन्सार जाँचपास कार्य रोकिएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन २०८२ ले सिर्जना गरेका व्यावहारिक समस्याहरू त्वरित समाधान गर्न सरकारलाई आग्रह गरे।
यता, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानका लागि निरन्तर छलफल भइरहेको जानकारी दिँदै आजदेखि जाँचपास प्रक्रिया सहज रूपमा सञ्चालन हुने आशा व्यक्त गरे।





