सत्यसाइ र सेबको जित



काठमाडौं ।
१९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आजका खेलहरूमा सत्यसाइ र सेब ले सिनियर गल्र्स समूहमा जित हात पारे । सत्यसाइले नेक्ससलाई ३१–२२ ले तथा सेबले ह्वाइट माउन्टेनलाई २६–१४ ले पराजित गरे ।

अन्य खेलमा त्रिज्योतिले एलएलाई २८–२०, बेलमोन्टले साम्तेनलाई २६–२४, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २०–१० र आयोजक भ्याली पब्लिक ‘बी’ ले सेन्ट लरेन्सलाई २२–१५ ले हराए ।

सिनियर ब्वाइजमा बागमतीले ह्वाइटफिल्डलाई ३९–२८, डा. मेमोरियलले रोजमेरीलाई ३८–२५, भ्याली पब्लिक ‘ए’ ले ग्रिनल्यान्डलाई ४९–२६, क्यान्भासले एलएलाई ३१–२२ र हेराल्डले सेन्ट लरेन्सलाई ३४–२७ ले पाखा लगाएका छन् ।

जुनियर ब्वाइजमा गण्डकीले एसियनलाई २०–१४, त्रिज्योतिले सेबलाई २२–२०, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २६–१४, सेन्ट जोसेफले क्यान्भासलाई १८–१४ र बीएनएले एनसीसीएसलाई २३–१५ ले हराए ।

प्रतिक्रिया दिनुहोस्