
काठमाडौं ।
नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगितामा ह्वाइट हेभेन एकेडेमी (सिनियर ब्वाइज) र वेदव्यास (जुनियर ब्वाइज) ले उपाधि जितेका छन् ।
सिनियर ब्वाइजमा संस्कृति शिक्षा सदन दोस्रो तथा स्वेता सदन तेस्रो भए । जुनियर ब्वाइजतर्फ निम्बल दोस्रो र ल्यान्डमार्क एकेडेमी तेस्रो बने ।
सिनियर ब्वाइजमा विवेश वर्देवा उत्कृष्ट खेलाडी, पल्लभ थापा उत्कृष्ट गोलरक्षक, कविरजंग पाण्डे सर्वाधिक स्कोरकर्ता र सविन ढकाल उत्कृष्ट प्रशिक्षक घोषित भए ।
जुनियर ब्वाइजमा एलेक्स लामा उत्कृष्ट खेलाडी, विहान क्षेत्री उत्कृष्ट गोलरक्षक, इशान महरा सर्वाधिक स्कोरकर्ता तथा विजय गुरुङ उत्कृष्ट प्रशिक्षक बने ।





