
काठमाडौं ।
प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा पुष्पसदनले मंगलबार भएको दुवै खेलमा विजय हासिल गरेको छ । मनमैजुस्थित एन्जल्स हार्ट हाइ स्कुलमा भएको खेलमा पुष्पसदनले छहारीलाई ३२–२२ तथा गण्डकीलाई ३५–२७ ले पराजित गर्यो ।
अन्य खेलमा टीआईएले भ्याली भ्युलाई ४८–३०, भ्याली भ्युले फेरिल्यान्डलाई ३४–२४, स्किब्सले विभूतिलाई १५–१२ ले हराए ।
जिल्ला प्याब्सन काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगितामा प्रिक्वाटरफाइनलको समीकरण पूरा भएको छ । आगामी बुधबारका प्रिक्वाटरफाइनल खेल हिमरश्मि स्कुलमा हुनेछ ।





