
काठमाडौँ।
टिम अफ प्रोसेभिस स्कुल (टोप्स) द्वारा आयोजित नवौं अन्तरविद्यालय फुटसल प्रतियोगितामा ब्वाइजतर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ। समूहचरणमा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूले अन्तिम आठमा स्थान सुरक्षित गरेका छन्।
क्वाटरफाइनल भिडन्तहरू यसप्रकार छन्—
स्वेता सदन vs वेद्व्यास
निम्बल vs संस्कृति
ह्वाइट हेभेन vs ल्यान्डमार्क एकेडेमी
किन्डर गार्टेन vs नवोदित
प्रतियोगिताले विद्यालयस्तरीय फुटसलमा प्रतिभा पहिचान र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।





