
काठमाडौँ।
काठमाडौं जिल्लाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिनमै एन्जल्स हार्ट हाइ स्कुलले प्रभावशाली प्रदर्शन गर्दै दोहोरो जित हात पारेको छ। लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा एन्जल्स हार्टले प्रारम्भ वर्ल्ड स्कुललाई २५–१५ तथा सेबलाई २९–२५ ले पराजित ग–यो।
सोमबारका अन्य खेलहरूमा—
रेडियन्टले हिमरश्मि ४३–२८
मेगसले निलगिरी २५–१७
केभीसीले लालीगुराँस ३८–२८
सनसाइनले महर्षि २१–१६
मनास्लुले हिमालय ३६–२४
बेबी एन्जलले अनमोल ज्योति २६–११
प्रतियोगिताको संयुक्त उद्घाटन काठमाडौँ प्याब्सनका उपाध्यक्ष धनबहादुर पुन र तार्केश्वर प्याब्सन अध्यक्ष गोपाल बुढाथोकीले गरे। चारदिने नकआउट प्रतियोगितामा ३६ टिम सहभागी छन्। खेल एन्जल्स हार्ट र हिमरश्मिको कोर्टमा पनि सञ्चालन हुनेछ।





