
काठमाडौँ।
लिटल एन्जल्स (एलए) विद्यालयले आयोजना गरेको एलए स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज फुटबलतर्फ एलएले सोमबार उपाधि जितेको छ। रोमाञ्चक फाइनलमा एलएले एटीएमलाई टाइब्रेकरमा ४–२ ले हराउँदै घरेलु मैदानमै च्याम्पियन बन्न सफल भयो। खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएको थियो।
प्रतियोगितामा एलएका देवराज कटुवाल ‘उत्कृष्ट खेलाडी’, अनुप खत्री ‘सर्वाधिक स्कोरकर्ता’ तथा एटीएमका प्रज्ज्वल समाल ‘उत्कृष्ट गोलरक्षक’ घोषित भए।
बास्केटबलतर्फ ब्वाइजमा मनास्लुले ओमेगालाई ६६–४७ ले पराजित गर्दै उपाधि जित्यो, जबकि गल्र्सतर्फ एलए नै च्याम्पियन रह्यो।
ब्वाइजका मनास्लुका प्रदिम बोहरा र गल्र्सतर्फ एलएकी संस्कृति लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई फुटबलर जेलेस्पीजंग कार्की, बास्केटबलका सदीश प्रधान तथा एलएकी कर्पोरेट डाइरेक्टर श्रृष्टि लिम्बूले पुरस्कार वितरण गरे।





