तेस्रो काष्ठमण्डप कप बुधबारदेखि, ५ विधामा प्रतिस्पर्धा



काठमाडौँ।
काष्ठमण्डप विद्यालयले आयोजना गर्दै आएको तेस्रो काष्ठमण्डप कप बुधबारदेखि सुरु हुने भएको छ। विद्यालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले प्रतियोगिताको विस्तृत जानकारी सार्वजनिक गर्दै यस वर्षको संस्करणमा सहभागिता उल्लेख्य रूपमा बढेको बताए।

प्रतियोगितामा बास्केटबल र फुटसल दुई विधाका विभिन्न समूहमा खेल हुनेछन्।

बास्केटबल सिनियर ब्वाइज : १२ टिम

सिनियर गल्र्स : १२ टिम

फुटसल सिनियर ब्वाइज : ९ टिम

फुटसल यु–१३ जुनियर ब्वाइज : १२ टिम

फुटसल सिनियर गल्र्स : ८ टिम

सबै खेल ‘लिग कम नकआउट’ प्रारूपमा खेलाइनेछन्। प्रतियोगिता मण्डिखाटारस्थित आयोजक विद्यालयको मुख्य मैदानमा हुनेछ। आयोजकले प्रतियोगिताले विद्यार्थीस्तरमा खेल–संस्कृति विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्