भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी



काठमाडौं । भंगालस्थित भ्याली पब्लिक स्कुलमा जारी १९औँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत विभिन्न खेल सम्पन्न भएका छन् ।

जुनियर ब्वाइजतर्फ भ्याली पब्लिकले राजन मेमोरियल र डा. इङ् मेमोरियललाई पराजित गर्दा सेबले जेबी स्कुललाई, ओडिसीले तेजस्वीलाई, इबीएले किङडमलाई र एन्जल्स हार्टले भद्रकालीलाई हराए ।
सिनियर ब्वाइजतर्फ किङडमले पारामाउन्टलाई ५६–४० ले पराजित गर्‍यो ।
सिनियर गल्र्सतर्फ न्युटन, वेद्यास र बागमती विजयी भए ।

प्रतिक्रिया दिनुहोस्