
काठमाडौं । टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता हेभेन एकेडेमीमा सुरु भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष खेमराज तिवारी र टोप्सका अध्यक्ष भतरमणि पोखरेलले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा सिनियर र जुनियर ब्वाइजतर्फ गरी १४–१४ टिम सहभागी छन् ।





