एलए ब्वाइज फुटबल फाइनलमा



काठमाडौं । आयोजक लिटल एन्जल्स (एलए) स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज फुटबलतर्फ एलए आइतबार फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा एलएले ब्लुबर्डलाई १–० ले पराजित गर्दै एटीटीएमसँगको फाइनल भेट पक्का गरेको हो ।

त्यस्तै, ब्वाइज बास्केटबलतर्फ मनासलुले क्याम्पियनलाई ४६–१६ तथा ओमेगाले पुष्पदनलाई ४९–४४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्