
काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अर्धशतकको कुल संख्या ३३ पुगेको छ। विराटनगर किंग्सका साम हिजलेटले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेसँगै यो संख्या ३३ पुगेको हो। हालसम्म २९ खेलाडीले अर्धशतक पूरा गरिसकेका छन्।
यसअघि चितवन राइनोजका रवि बोपराले तीन अर्धशतक प्रहार गरेका छन् भने पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक हानेका छन्।
यसैगरी सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिस लिन र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल र बसिर अहमद, पोखरा एभेन्जर्सका सुमित बर्मा, जिमी निशम, एडम रोसिङटन र रिसि धवन, चितवन राइनोजका डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन र बेन चार्ल्सवर्थ, कर्णाली याक्सका मार्क वाट, लुम्बिनी लायन्सका डार्सी सर्ट तथा जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक–एक अर्धशतक प्रहार गरेका छन्।
हालसम्म जारी प्रतियोगितामा शतक प्रहार गर्ने खेलाडी भने दुई मात्र रहेका छन्। कर्णाली याक्सका मार्क वाट र पोखरा एभेन्जर्सका एडम रोसिङटनले शतक पूरा गरेका छन्।





