पर्थमा हुने STAG ग्लोबल मास्टर्स टिम्स च्यालेन्जमा नेपाली टोलीको सहभागिता



काठमाडौँ । अष्ट्रेलियामा आयोजना हुने STAG ग्लोबल मास्टर्स टिम्स च्यालेन्जमा सहभागी हुन नेपाली टेबल टेनिस खेलाडीहरूको टोली प्रस्थान गरेको छ। आगामी डिसेम्बर ६–७, २०२५ मा अष्ट्रेलियाको पर्थमा हुने उक्त प्रतियोगितामा नेपालका आठ खेलाडीले सहभागिता जनाउनेछन्।

प्रतियोगितामा बिक्की महर्जन, बिक्रम श्रेष्ठ, महेश शाक्य, नविता श्रेष्ठ, निम जोशी, निराज जोशी, राजन शाक्य र स्वेच्छा नेम्वाङले नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकको जिम्मेवारी राकेश महर्जनले सम्हाल्नेछन्।

टोलीको बिदाई कार्यक्रम काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न भएको थियो। कार्यक्रममा अल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले खेलाडीहरूलाई बिदाइ गर्दै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरे।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै जाने टोलीले देशको गौरव बढाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्