प्रशिक्षक नीरु दर्शनधारीको निधन



१७ मंसिर, २०८२
काठमाडौँ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत वरिष्ठ जिम्न्याष्टिक प्रशिक्षक नीरु दर्शनधारीको उपचारका क्रममा निधन भएको छ। विगत केही वर्षदेखि क्यान्सरबाट पीडित उहाँको मंगलबार साँझ उपचारको क्रममा निधन भएको राखेपले जनाएको छ।

स्व. दर्शनधारीको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समिति सदस्य कमल बहादुर भट्टराईले परिषद्को झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। बुधबार परिषद् परिसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रशिक्षक, खेलाडी तथा कर्मचारीहरूले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

२०५२ भदौदेखि जिम्न्याष्टिक प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्मा सेवा गर्दै आएकी नीरु दर्शनधारीका परिवारमा श्रीमान् मात्र हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्