
चितवन । पूर्वी चितवनस्थित कालिका नगरपालिका–६ लालचोकबाट एक जना जनप्रतिनिधिसहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएका उनीहरूमध्ये रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदी पनि रहेका छन्।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरूमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल, ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाई रहेका छन्।
पक्राउ परेकाको साथबाट रु ७१ हजार २१० नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध जुवा ऐनअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।





