मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०८२का लागि सिफारिस खुला




काठमाडौँ, मंसिर १४

आगामी अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित १७औँ मानवअधिकार राष्ट्रिय महाभेला अन्तर्गत प्रदान गरिने मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०८२ का लागि सिफारिस आह्वान गरिएको छ।

नेपालमा मानवअधिकार, लोकतन्त्र, शान्ति तथा सामाजिक न्यायका विषयमा क्रियाशील संस्था तथा मानवअधिकारकर्मीलाई एकत्रित गर्दै २००९ देखि महाभेला आयोजना हुँदै आएको छ। महाभेलाको उद्घाटन सत्रमा यो सम्मान प्रदान गरिँदै आएको छ, जसले मानवअधिकार क्षेत्रको उत्कृष्ट योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्ने उद्देश्य राख्छ।

यस वर्ष एकल महिला समूह (WHR) को संयोजन तथा एकीकरण नेपालएजिङ नेपाल को सह–संयोजनमा मंसिर २२ देखि २८ गतेसम्म महाभेला आयोजना हुँदैछ। महाभेलाको उद्घाटन सत्रमा विगतझैँ योग्य व्यक्ति वा संस्थालाई सम्मान प्रदान गरिने जानकारी आयोजकहरूले दिएका छन्।

योग्यता तथा मापदण्ड

  • मानवअधिकार, लोकतन्त्र तथा सामाजिक न्यायको क्षेत्रमा कम्तीमा १५ वर्ष योगदान पु¥याएको हुनुपर्ने।
  • व्यक्ति सिफारिस गर्न व्यक्तिगत विवरण र तस्बिर अनिवार्य।
  • संस्था सिफारिस गर्न संस्थाको योगदान विवरण तथा सिफारिस पत्र अनिवार्य।

सिफारिस पेश गर्ने मिति

  • अन्तिम मिति : २०८२ मंसिर १९ गते राति १२:०० बजेभित्र
  • सिफारिस पठाउने इमेल : [email protected]

सम्मान प्रदान गर्ने कार्यक्रम

  • मिति : २०८२ मंसिर २२ गते
  • स्थान : स्टाफ कलेज, जावलाखेल, ललितपुर

सम्मानका लागि सिफारिस स्वीकृत गर्ने कार्य मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०८२ छनोट समिति ले गर्नेछ। समितिमा नरेन खतिवडासहित देवी खड्का, शान्ता लक्ष्मी श्रेष्ठ, मन्जु गुरुङ र रोशना खड्का सदस्य रहेका छन्।

थप जानकारीका लागि

१७औँ मानवअधिकार राष्ट्रिय महाभेलाको सचिवालय,
एकल महिला समूह (WHR), बुढानिलकण्ठ
फोन : ४३७६८२० / ४३७६२३७ / ४३७६१८७

प्रतिक्रिया दिनुहोस्