केइएस, काठमाडौं जेभियर्स र हेम्स बास्केटबल च्याम्पियन बने




काठमाडौं

१४औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा केइएस, काठमाडौं जेभियर्स र हेम्सले क्रमशः जुनियर ब्वाइज, सिनियर गल्र्स र सिनियर ब्वाइज समूहमा उपाधि जितेका छन्।

जुनियर ब्वाइजतर्फ केइएसले फाइनलमा सनसाइनलाई २१–१० ले पराजित गर्‍यो। आयुश तिमल्सिनाले टोलीका लागि ११ अंक जोडे।

सिनियर गल्र्स समूहमा काठमाडौं जेभियर्सले केइएसलाई २६–२५ को साँघुरो अन्तरले हराउँदै उपाधि हात पारेको छ। सुहानी बानियाँले १९ अंक स्कोर गरिन्।

सिनियर ब्वाइजको फाइनलमा हेम्सले मार्वलसलाई ४४–३१ ले पछि पार्दै विजयी भयो। हेम्सका आयुश रावल र आशुतोष यादवले समान १४–१४ अंक जोडे।

प्रतियोगितामा केइएसका विपुल भुजेल (जुनियर ब्वाइज), हेम्सका आशुतोष यादव (सिनियर ब्वाइज) र काठमाडौं जेभियर्सकी सुहानी बानियाँ (सिनियर गल्र्स) ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए।

जुनियर ब्वाइजमा सनसाइनका जेनिश जोलाङ्गेल, सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वाहा र सिनियर गल्र्समा केइएसकी तमन्ना थापा सर्वाधिक स्कोरर भए।

विजयी टोली र उत्कृष्ट खेलाडीहरूलाई काठमाडौं प्याब्सन अध्यक्ष नवराज भट्ट तथा मध्य क्षेत्रीय प्याब्सन अध्यक्ष धनप्रसाद सुब्बालगायतले पुरस्कृत गरे।

प्रतिक्रिया दिनुहोस्