
काठमाडौं, मंसिर १३
तार्केश्वर नगरपालिकाले आयोजना गरेको चौथो ‘मेयर रनिङ सिल्ड’ प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन तार्केश्वरका मेयर कृष्णहरि महर्जनले विशेष समारोहबीच गरे।
प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, उसु, तेक्वान्दो, बास्केटबल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिस लगायतका खेलमा प्रतिष्पर्धा हुने बताइएको छ। ६४ विद्यालयका २ हजार ६८२ खेलाडी सहभागिता जनाउँदैछन्।
तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिताका सह–संयोजक विक्रम खड्गीका अनुसार समग्र टिम च्याम्पियनले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।





