
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईँबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ।
संयोजक प्रसाईँका अनुसार भेटवार्तामा अभियानका मुख्य माग तथा अहिलेका समसामयिक विषयमा विस्तृत छलफल भएको थियो। दुवै पक्षले मंसिर २२ गते पुनः बस्ने गरी अर्को चरणको वार्ता तय गरेका छन्।
प्रसाईँले गृहमन्त्रीसँगको आजको भेटवार्तामा उठेका मुद्दाबारे विस्तृत जानकारी शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए।





