एनपीएल : बसिर अहमद अर्धशतक प्रहार गर्ने १३ औँ खेलाडी



काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सका बसिर अहमद अर्धशतक प्रहार गर्ने १३ औँ खेलाडी बनेका छन्।

कर्णाली याक्सविरुद्धको प्रतिस्पर्धामा उनले ३७ बलमा दुई छक्का र तीन चौकाको सहायताले अर्धशतक पूरा गरे। जारी सिजनमा १३ खेलाडीले मिलेर १७ अर्धशतक प्रहार गरिसकेका छन्।

अर्धशतक प्रहार गर्ने खेलाडीमध्ये चितवन राइनोजका रवि बोपराले तीन अर्धशतक गरिएका छन्। पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक प्रहार गरेका छन्।

त्यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, पोखराका सुमित बर्मा, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक–एक अर्धशतक प्रहार गरेका छन्। कर्णालीका मार्क वाट नै जारी प्रतियोगितामा शतक बनाउने एकमात्र खेलाडी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्