एनपीएल : जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी



काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गोर्खाजका बल्लेबाज जोन सिम्प्सनले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा सिम्प्सनले मात्र २५ बलमा ५० रन पूरा गर्दै अर्धशतक बनाएका हुन्। उनी यस सिजनमा काठमाडौँका तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्।

योसँगै जारी सिजनमा कुल १५ अर्धशतक प्रहार भएका छन्, जसमा १२ खेलाडीको योगदान छ। सिम्प्सन अर्धशतक बनाउन सफल हुने १२औँ खेलाडी बने।

यसअघिका अर्धशतककर्तामा चितवन राइनोजका रवि बोपरा (३), पोखरा एभेन्जर्सका कुशल भुर्तेल (२), सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पन्चाल, पोखराका सुमित बर्मा, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेख रहेका छन्।

जारी प्रतियोगितामा एकमात्र शतक कर्णाली याक्सका मार्क वाटले प्रहार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्