
तार्केश्वर नगरपालिकाको आयोजनामा चौथो मेयर रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ।
११ खेलका २ हजार ६८२ खेलाडी सहभागी हुने प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, उसु, तेक्वान्दो, बास्केटबल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिस समावेश छन्।
समग्र च्याम्पियनलाई १ लाख, उपविजेतालाई ६० हजार र तेस्रो हुने टोलीलाई ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।





