
मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले आयोजना गरेको विशेष रेस्लिङ्ग महाभिडन्त सम्पन्न भएको छ।
पहिलो खेलमा नेपालकी रेस्लर भगवती खड्का ‘युनिका’ र अस्मिता जुरेलीले अमेरिकी प्रतिस्पर्धीलाई पराजित गर्दै जित हात पारे। आयोजकका अनुसार यो महाभिडन्त गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गर्ने उद्देश्यले आयोजना गरिएको हो।
दोस्रो खेलमा नेपाली रेस्लर ‘सिन्धुपाल्चोक टाइगर’ कृष्ण मगरले लोकु सिंहलाई पराजित गर्दै उपाधि जिते। कार्यक्रमको अध्यक्षता फाउन्डेसन अध्यक्ष भगवती खड्काले गरे भने प्रमुख अतिथि मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले र विशेष अतिथि प्रमुख जिल्ला अधिकारी नवराज पौडेल थिए।





