भारत–नेपाल डिसाबिलिटी क्रिकेट सिरिजका लागि नेपाली टोली भारत प्रस्थान



भारतको हरियाणामा डिसेम्बर ३ देखि ५ सम्म हुने भारत–नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार प्रस्थान गर्ने भएको छ।

टोलीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी छन्।
अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्पा छन्।
टोलीलाई राखेपका सदस्य–सचिव घिसिङ र सदस्य अन्जना श्रेष्ठले औपचारिक रूपमा बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्