
काठमाडौँ, मंसिर १२ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङलाई चार वर्षे कार्यकाल पूरा गरेको अवसरमा शुक्रबार एक विशेष कार्यक्रममार्फत बिदाइ गरेको छ। घिसिङ २०७८ मंसिर १३ गते सदस्य–सचिवमा नियुक्त भएका थिए।
कार्यक्रममा राखेपका बोर्ड सदस्यहरू अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसरीलाई पनि बिदाइ गरिएको थियो। साथै मिसन–२०२६ अन्तर्गत रहेका खेलाडी तथा प्रशिक्षकलाई किट्स वितरण गरिएको थियो।
घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र विभिन्न खेल संघहरूले प्रशंसा पत्र प्रदान गरेका थिए। उनले चार वर्षे कार्यकालमा प्राप्त सफलतामा सहयोग पु¥याएका सबैलाई धन्यवाद दिए।
यसअघि युवा तथा खेलकुद मन्त्रालयले पनि घिसिङलाई बिदाइ गरेको थियो। मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले मायाको चिनो अर्पण गरेका थिए। घिसिङले आफ्नो कार्यकालको प्रतिवेदन तथा राखेपको प्रकाशन अध्यक्षलाई हस्तान्तरण गरे।





