भायानेटले सार्वजनिक गर्यो ‘सुपरहिट इन्टरनेट प्याक’, Same Day Support सहित



काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘सुपरहिट इन्टरनेट प्याक’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक गरिएको यो प्याकेजमा १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना समावेश छन्।

कम्पनीका अनुसार सबैभन्दा लोकप्रिय २०० Mbps वार्षिक प्याकेज अब रु. ११,२०० (VAT सहित) मा उपलब्ध छ। साथै २०० Mbps वा सोभन्दा माथिका वार्षिक प्याकेज लिने ग्राहकले १ महिना इन्टरनेट निःशुल्क पाउनेछन्।

योजनाको मुख्य आकर्षण Priority Serve सुविधासहितको ‘Same Day Support’ हो। भायानेटका अनुसार दिउँसो ३ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी गुनासोहरूलाई सोही दिनमै प्राथमिकताका साथ समाधान गरिनेछ।

ग्राहकको इन्टरनेट अनुभव थप सहज बनाउन भायानेटले Mesh Router पनि विशेष मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया रु. ३,००० पर्ने मेश राउटर हाल रु. २,५०० मै प्राप्त गर्न सकिनेछ।

कम्पनीले नयाँ प्याकेजले नयाँ तथा पुराना दुवै ग्राहकलाई छिटो, भरपर्दो र सुविधा सम्पन्न इन्टरनेट सेवा उपलब्ध गराउने दाबी गरेको छ।

थप जानकारी भायानेटको वेबसाइट vianet.com.np/superhitinternetpack वा सामाजिक सञ्जालमार्फत पाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्