
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको भाउ भने केहीले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला सुनको मूल्य रु ४०० ले घट्दै आज रु २,४८,४०० मा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने रु ६० ले बढेर प्रतितोला रु ३,२८० कायम भएको छ।
हिजो सुन प्रतितोला रु २,४८,८०० र चाँदी प्रतितोला रु ३,२२० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन ४,१५४ डलर र चाँदी ५३ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।





