गुर्जा गाउँमा सडक विस्तारका लागि १० लाख सहयोग



म्याग्दी । काठमाडौँमा बसोबास गर्दै आएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले गाउँसम्म सडक विस्तार गर्न १० लाख रुपैयाँ सहयोग गरेका छन्।

गुर्जा समाजकी अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रममार्फत संकलित रकम धौलागिरि गाउँपालिका–२ लुलाङबाट देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई थप विस्तार गरी गुर्जा गाउँसम्म पुर्‍याउन पालिकालाई हस्तान्तरण गरिएको हो।

यसअघिल्लो चरणमा गुर्जाको ख्याली नाच समूहले १ लाख र हिमाली आमा समूहले २ लाख रुपैयाँ सहयोग गरिसकेका छन्।

गुर्जामा सडक पुर्‍याउन संघीय सरकारले १ करोड ४० लाख, गाउँपालिकाले ३५ लाख, सहरी विकास मन्त्रालयले ३ करोड र गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको गुर्जा वडा नं. १ का वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्