
वीरगञ्ज । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा वीरगञ्ज नाका हुँदै कुल रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन्।
गत वर्षको सोही अवधि–अर्थात् चार महिनामा–निर्यात रकम रु १३ अर्ब ६४ करोड थियो। यस वर्ष निर्यात करिब दुई गुणाले बढेको भन्सार कार्यालयले जनाएको छ।
वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार भटमासको तेल मात्रै रु १७ अर्ब ३२ करोडकाे निर्यात भएको छ भने फलफूलको जुसको निर्यात रु २ अर्ब ६० करोड पुगेको छ।
निर्यात वृद्धिले स्थानीय उद्योग, उत्पादन क्षमता र बजार विस्तारमा सकारात्मक संकेत दिएको भन्सार कार्यालयको भनाइ छ।





