१३ औं किन्डर ओलम्पिक पुसमा



नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र इसीइटीएको संयुक्त आयोजना हुने १३ औं किन्डर ओलम्पिक पुस १२ र १५ गते दशरथ रंगशालामा हुने भएको छ।
कार्यक्रममा प्रि–स्कुल तथा प्राइमरी स्तरका ५ हजारभन्दा बढी बालबालिकाको सहभागिता रहने छ।
नेपालय इन्टरनेसनल, प्याब्सन, एनप्याब्सन, अपेन, एनएमए, इसीइटीएसहित विभिन्न संस्थाहरु कार्यक्रमको साझेदार रहने महासचिव राजकुमार कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्