
एसियाली टेनिस महासंघ (एटीएफ) को सहकार्यमा नेपाल टेनिस संघले आयोजना गरिएको ‘यङ टेनिस स्टार्स (YTS)’ कार्यक्रम बुधबार सातदोबाटो टेनिस कम्प्लेक्समा सम्पन्न भएको छ।
काठमाडौं, पोखरा र चितवनका १५ प्रशिक्षक सहभागी रहेको कार्यक्रममा ३ देखि १० वर्षका बालबालिकालाई टेनिसमा आकर्षित गर्ने विधिबारे तालिम प्रदान गरिएको थियो।
सहभागीलाई टेनिस संघका अध्यक्ष मनोहरदास मुलले प्रमाणपत्र प्रदान गरे। प्रशिक्षण एटीएफ प्रशिक्षक माइक ब्यारेलले सञ्चालन गरेका थिए।





