
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ मार्वलस र इनोभेटिभ बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
मार्वलसले एसियन पब्लिकलाई ३३–३१ ले हरायो। जितमा रोशन कुश्वाहाले १० अंक योगदान गरे।
इनोभेटिभले श्रृजनशीललाई २१–१३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्याे। फदिन्द्र सुनवारले ६ अंक जोडे।

अन्य खेलमा :
एभरेष्ट फ्लोरिडाले सुप्रिम इन्टरनेसनललाई ३८–१९ (एलिश थापा २८ अंक)
चैतन्यले स्पाङगललाई ३८–१६ (विप्लव भाट ९ अंक)
सनसाइनले सुप्रिमलाई २२–१२ (विशाल खड्का ९ अंक)
हेम्सले सेवा सदनलाई ४९–२९ (जोनस शाह २१ अंक)
जुनियर ब्वाइजतर्फ :
एआईएले एसियन पब्लिकलाई २८–१६ (आदित्य बुढा १४ अंक)
स्पाङगलले चैतन्यलाई २१–१५ (विराज तिमल्सिना १३ अंक)
सनसाइनले अक्षरलाई २९–८ (प्रशान्त १३ अंक)
केइएसले काठमाडौं जेभियर्सलाई ३०–१८ (विपुल भुजेल १८ अंक)
सिनियर गल्र्सतर्फ सनसाइनले एसियन पब्लिकलाई १५–१२ र लिभरपुलले चैतन्यलाई १७–१० ले हराउँदै क्वाटरफाइनल बुक गरे।





