रेडियन्ट कपमा तीन विद्यालय च्याम्पियन, प्याब्सन मिड–रिजनलमा मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा



काठमाडौं, मंसिर १० गते ।
स्युचाटारस्थित रेडियन्ट पब्लिक स्कूलको घरेलु कोर्टमा सम्पन्न ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबीए) ले यस वर्षको उपाधि जितेका छन्।

रेडियन्ट, स्वर्णिम र इबीए च्याम्पियन

सिनियर ब्वाइजतर्फ रेडियन्ट पब्लिकले पुष्पसदनलाई ४७–४१ ले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको छ। टोलीका सुसनराज न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै २२ अंक जोडे।
सिनियर गल्र्समा स्वर्णिमले आयोजक रेडियन्टलाई २३–१० ले स्तब्ध पार्‍याे। स्वर्णिमकी हिसी ल्हामु लामाले ११ अंक हासिल गरिन्।
जुनियर ब्वाइजतर्फ इबीएले ग्रिनफिल्ड नेसनल स्कुललाई २१–१७ ले पराजित गर्‍याे। दिगविजय पुरीले ४ अंक जोडे।

मोस्ट भ्यालुएबल प्लेयरहरू

सिनियर ब्वाइज : सुसनराज न्यौपाने (रेडियन्ट)

सिनियर गल्र्स : ओजस्वी बोहरा (स्वर्णिम)

जुनियर ब्वाइज : दिगविजयी पुरी (इबीए)

अनुशासित टिमको ट्रफी सिनियर ब्वाइजमा आनन्दकुटी, सिनियर गल्र्समा न्यु जेनिथ र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरले हात पारे।

पुरस्कार वितरण

विजेताहरुलाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, काठमाडौं प्याब्सन अध्यक्ष नवराज भट्ट, बागमती प्रदेश अध्यक्ष मुरारीप्रकाश सन्जेल, रेडियन्ट अध्यक्ष प्रभाकुमार पौडेल र प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले पुरस्कार वितरित गरे। मंसिर १ देखि सुरु प्रतियोगितामा सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा १२–१२ टिम सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्