
भारतको गोवामा सम्पन्न नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले ६ स्वर्ण पदक हात पारेका छन्। मन्जु श्रेष्ठले काता र कुमुते दुबैमा स्वर्ण जितिन्।
अन्य स्वर्ण विजेताहरूमा आश्था श्रेष्ठ, विवेक गुरुङ, हनिश लामा र सायाङ लामा रहेका छन्।





