प्याब्सन मेट्रो भलिबल बिहीबारदेखि



प्याब्सन काठमाडौं महानगरले आयोजना गर्ने प्याब्सन मेट्रो जिल्लास्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। ब्वाइजतर्फ १७ र गल्र्सतर्फ १४ टिम सहभागी हुने जानकारी आयोजक अध्यक्ष गगनसिंह ऐरले पत्रकार सम्मेलनमार्फत दिए।

बालुवाटारस्थित न्युटन हाइ स्कुलमा हुने प्रतियोगिताका विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा डिफेन्सलाई ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिता सञ्चालनमा करिब ६ लाख ४३ हजार ५ सय रुपैयाँ खर्च हुने बताइयो। भलिबलपछि मंसिर १५ गतेबाट बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्