
प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा जारी १४औं मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताअन्तर्गत मंगलबार लिग चरणका १७ खेल सम्पन्न भए। सिनियर ब्वाइजतर्फ ९ तथा जुनियर ब्वाइज र सिनियर गल्र्सतर्फ ४–४ खेल भएका थिए।
सिनियर ब्वाइजमा सनसाइन, एभरेष्ट फ्लोरिडा, काठमाडौं जेभियर्स, लिभरपुल, सेवा सदन, मार्वलस, चैतन्य र इनोभेटिभ विजयी बने।
जुनियर ब्वाइजमा अक्षर, स्पाङगल, अवेरनेस इन्टरनेसनल (AIA) र केइएसले जित निकाले।
सिनियर गल्र्समा एसियन, श्रृजनशील, काठमाडौं जेभियर्स र इनोभेटिभ विजयी बने।





