
एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा ‘यङ टेनिस स्टार्स’ (वाइटीएस) कार्यक्रम सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन टेनिस संघका अध्यक्ष मनोहरदास मुलले गरे। ३ देखि १० वर्षका बालबालिकालाई टेनिसतर्फ आकर्षित गर्ने उद्देश्यसहित प्रशिक्षकलाई तालिम दिने कार्यक्रम रहेको संघका सचिव अजय विष्टले बताए।
कार्यक्रममा १५ प्रशिक्षक सहभागी छन् । उनीहरुलाई एटीएफका प्रशिक्षक माइक ब्यारेलले बुधबारसम्म प्रशिक्षण दिनेछन्।





