
नेपाल–बंगलादेश इन्टरनेसनल रग्बी सिरिज नेपालले एक खेल बाँकी रहँदै जितेको छ। तीन खेलको सिरिजमा सेभन्सका दुई र फिफ्टिन्सको एक खेल समावेश छन्।
बंगलादेशको ढाकामा जारी सिरिजअन्तर्गत आइतबार नेपालले सेभन्सका दुवै खेल जित्यो। पहिलो खेलमा नेपालले १५–० र दोस्रो खेलमा २६–१५ को जीत दर्ता गर्यो। नेपालले मंगलबार फिफ्टिन्स खेल्नेछ।





