ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा प्रवेश




११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ओएसिस, स्किब्स र आयोजक रेडियन्ट पब्लिक आइतबार क्वाटरफाइनलमा पुगेका छन्।
ओएसिसले न्यु जेनिथलाई ३२–२२ ले पराजित गर्दा भिजनले ९ अंक जोडे। सुगम राना मगरको १२ अंकको उत्कृष्ट प्रदर्शनसहित रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४७–२० को फराकिलो अन्तरले हरायो। स्किब्सले राइजिङ स्टारलाई २५–२४ ले जित्दा युनिक थापा मगरले ८ अंक जोडे।
स्युचाटारमा जारी प्रतियोगिताको सिनियर ब्वाइजकै अन्य खेलमा बाल दीक्षा सदनले रेडियन्ट रिडर्स एकेडेमीलाई २५–२२, बेबी एन्जलले निःसर्ग वाटिकालाई ४१–१७, पुष्पसदनले विस्डमलाई ३५–२०, पिपुल्स एकेडेमीले कश्यपलाई ३१–२० तथा केभीसीले सभ्यता पाठशालालाई ३२–१४ ले हराउँदै क्वाटरफाइनल यात्रा सुरक्षित गरे।
यस क्रममा बाल दीक्षाका सइल महर्जनले २०, बेबी एन्जलका आर्यन नगरकोटीले १५, पुष्पसदनका सम्राट लामाले १३, पिपुल्सका वचन मगरले १४ र केभीसीका आरोनलाल श्रेष्ठले ११ अंक दर्ता गरे।

प्रतिक्रिया दिनुहोस्