राजधानीमा एमालेद्वारा प्रदर्शन र र्‍याली



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आइतबार राजधानी काठमाडौँमा भव्य प्रदर्शन र र्‍याली आयोजना गरेको छ। भृकुटीमण्डप र आसपासका क्षेत्र जनसमुदायले भरिएका थिए, जहाँ बागमती प्रदेश कमिटीको आयोजनामा संविधान तथा लोकतन्त्रको संरक्षणका नाममा प्रदर्शन गरिएको थियो।

र्‍यालीपछि सम्पन्न जनसभामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गरेका छन्। यसअघि एमालेले कात्तिक २२ गते देशभरका वडामा वडा भेला, कात्तिक २५ गते सबै स्थानीय तहमा र्‍याली तथा कात्तिक २९ गते सबै जिल्लामा जनसभा सम्पन्न गरिसकेको थियो।

प्रतिक्रिया दिनुहोस्