भियतनाममा बाढीका कारण मृत्यु संख्या ५५, हजारौँ घर तथा बाली डुबान



भियतनाम । भियतनामको मध्य क्षेत्र निरन्तरको भारी वर्षासँगै आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ भने १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप तथा डाइक व्यवस्थापन प्राधिकरणले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बाढीले करिब ८० हजार हेक्टर धान तथा अन्य बाली डुबानमा परेका छन् । साथै ३.२ मिलियनभन्दा बढी कुखुरा तथा गाईवस्तु बगाएर नष्ट भएका छन्, जसले कृषकहरूलाई ठूलो क्षति पु¥याएको छ ।

प्राधिकरणका अनुसार २८ हजार ४०० भन्दा धेरै घरहरू पूर्ण रूपमा डुबानमा परेका छन् भने ९४६ घर क्षतिग्रस्त भएका छन् ।

आर्थिक क्षतिको प्रारम्भिक अनुमान करिब ९ ट्रिलियन भियतनामी डोङ, अर्थात् करिब ३५८ मिलियन अमेरिकी डलर बराबर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्