श्रीलंकामा सम्पन्न खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ४ स्वर्णसहित ८ पदक



काठमाडौं । श्रीलंका कोलम्बोमा सम्पन्न ११औँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल वादोरियो कराते डो संघका खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गर्दै ४ स्वर्ण, १ रजत र ३ कास्यसहित ८ पदक विजेताको सूचीमा स्थान सुरक्षित गरेका छन्।

संघका अध्यक्ष हरिशरण केसीका अनुसार आविष्कार श्रेष्ठले एक स्वर्ण र एक कास्य, रियाना खनाल, आयुश रेग्मी र सुसान्त खड्काले जनही एक–एक स्वर्ण पदक जिते। यस्तै, हर्षित इटानीले रजत पदक हात पार्दा जिवक भट्टराई र कुबेर चौधरीले कास्य पदक जित्न सफल भए।

प्रतियोगितामा नेपालसहित भारत, युक्रेन, श्रीलंका र सिंगापुरका खेलाडीहरूको सहभागिता थियो। नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी मुहम्मद अलिले सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्