रेडियन्ट पब्लिक बास्केटबलको क्वाटरफाइनलमा



काठमाडौँ ।
रेडियन्ट पब्लिक सिनियर गल्र्सतर्फ ११ औँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित कोर्टमा रेडियन्टले मस्र्याङदीलाई १३–८ ले स्तब्ध पार्‍यो । सेजल रोक्काले ६ अंक जोडिन् ।

जुनियर ब्वाइजतर्फ इडेन ब्रिज एकेडेमी (इबीए) ले सेबलाई २०–१५, विस्डमले एआईलाई २५–२ र ग्रिनफिल्ड नेसनलले रेडियन्टलाई १६–१३ ले हराउँदै क्वाटरफाइनल पुगे ।
सिनियर ब्वाइजमा रेडियन्ट ‘ए’ ले माउन्ट ग्लोरीलाई ४९–१० तथा सभ्यता आनन्दकुटीलाई १२–८ ले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।
रेडियन्ट ‘बी’ ले एलआरआईलाई १६–११ ले पराजित गर्‍यो । विजेताका रिदिज मोक्तानले ११ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्