
तार्केश्वर ।
तेस्रो हिसान फुटसल प्रतियोगितामा ब्वाइजतर्फ श्रृजना ज्ञान सागर र गल्र्सतर्फ ल्यान्डमार्क एकेडेमी शनिबार च्याम्पियन बने ।

शेषमतिस्थित सेक्रेड हार्टको कोर्टमा भएको ब्वाइज फाइनलमा श्रृजना ज्ञान सागरले कौशललाई ३–१ ले पराजित गर्यो । विनोद तामाङ, लोकश बोहरा र अंगड पाख्रिनले गोल गर्दै टिमलाई जित दिलाए । कौशलका विराज गुरुङले एक मात्र गोल फर्काए ।
गल्र्स फाइनलमा ल्यान्डमार्कले हिमरश्मीलाई २–० ले हरायो । दुवै गोल साजन खत्रीले गरे ।
ब्वाइज/गल्र्स दुवैमा प्रारम्भ वर्ल्ड स्कुल तेस्रो भयो ।
ब्वाइजमा उत्कृष्ट खेलाडीको उपाधि कौशलका अनिल गुरुङ, उत्कृष्ट गोलरक्षक श्रृजनाका रविन तामाङ र सर्वाधिक गोलकर्ता प्रारम्भका युकेश नेगी घोषित भए ।
गल्र्सतर्फ उत्कृष्ट खेलाडी प्रारम्भकी आकृति तामाङ, उत्कृष्ट गोलरक्षक हिमरश्मीकी कुसुम गुरुङ र सर्वाधिक गोलकर्ता ल्यान्डमार्ककी साजन खत्री बने ।
विजेताहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख डा. समन्तमणि आचार्यलगायतले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ब्वाइज ८ र गल्र्स ७ टिमले लिग–कम–नकआउट प्रारूपमा प्रतिस्पर्धा गरेका थिए ।





