सिद्धार्थ राजमार्ग स्तरोन्नति विषयमा उपसभापति गुरुङ र अर्थमन्त्री खनालबीच भेट



काठमाडौं, मंसिर ५ । सिद्धार्थ राजमार्गको स्तरोन्नति कार्य तीव्रताका साथ अघि बढाउनुपर्ने मागसहित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री रामेश्वर खनालसँग मंगलबार भेटवार्ता गर्नुभएको छ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनालले सिद्धार्थ राजमार्ग स्तरोन्नतिको विषयलाई सरकार गम्भीर रूपमा लिईरहेको उल्लेख गर्दै यसै कार्यकालमै निर्माण थालनी गर्न आवश्यक तयारी अघि बढेको जानकारी दिनुभयो।

स्याङ्जा र पाल्पाका लागि ‘लाइफ लाइन’ मानिने उक्त राजमार्गको छिटो स्तरोन्नति अपरिहार्य रहेको उपसभापति गुरुङले भनाइपछि अर्थमन्त्री खनालले प्रक्रिया अघि बढिरहेको र काम शीघ्र शुरू गरिने आश्वासन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्