
तार्केश्वर । तार्केश्वर हिसानको आयोजना तथा सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा तेस्रो हिसान फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
शेषमतिस्थित सेक्रेड हार्टमा जारी प्रतियोगितामा ब्वाइज र गल्र्स दुवै समूहका लिग चरणका खेल सम्पन्न भएको कार्यक्रम संयोजक तथा सेक्रेड हार्टका प्रिन्सिपल बद्रीनाथ भट्टले जानकारी दिए।
ब्वाइजतर्फ कौशल मावि, सृजना ज्ञानसागर मावि, प्रारम्भ वल्र्ड स्कुल र ल्यान्डमार्क एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। त्यसैगरी गल्र्सतर्फ प्रारम्भ वल्र्ड स्कुल, लालिगुराँस नेसनल एकेडेमी, ल्यान्डमार्क एकेडेमी तथा हिमरश्मि सेमिफाइनलमा पुगेका छन्।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल शनिबार हुनेछ। यस वर्ष ब्वाइजतर्फ ८ र गल्र्सतर्फ ७ टिम सहभागी छन्।
‘सर्वाङ्गिण विकासको एउटा पक्ष– खेलकुद’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै प्रतियोगिताले विद्यार्थीहरूलाई अनुशासित, सहयोगी र सर्वगुणसम्पन्न बनाउन सहयोग पुग्ने विश्वास आयोजक हिसान तार्केश्वरले जनाएको छ।





