
काठमाडौं ।
जेसिसले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ शुक्रबार क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिक स्कुलको कोर्टमा जेसिसले एलआरआईलाई १७–१४ ले पराजित गर्यो। जेसिसकी सकिना महर्जनले १० अंक जोड्दै जीतमा महत्वपूर्ण भूमिका खेलिन्।
जुनियर ब्वाइजतर्फ पिपुल्सले रेडियन्टलाई १३–८ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो। विजेतातर्फ लभिज मगरले ४ अंक जोडे।
सिनियर ब्वाइजमा ओएसिसले रेडियन्ट रिडर्सलाई ३७–२८, पिपुल्सले एनआईसी एकेडेमीलाई ३६–१९, कश्यपले एलआरआईलाई २५–१५, पुष्पसदनले रेडियन्ट पब्लिकलाई ४६–४३ तथा बेबी एन्जलले सभ्यतालाई २०–५ ले पाखा लगाउँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरे।
ओएसिसका सिद्धान्तले १६, पिपुल्सका बचनले १८, कश्यपका इसान तिमल्सिनाले १२, पुष्पसदनका रवन महर्जनले १३ र बेबी एन्जलका आर्यन नगरकोटीले १० अंक बटुले।





