कराते टोली इजिप्ट प्रस्थान




काठमाडौं, मंसिर ५ गते ।
सिनियर विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणमा सहभागी हुन नेपाली कराते टोली आइतबार इजिप्टको काइरो प्रस्थान गर्ने भएको छ । नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालका तर्फबाट दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
६८ केजीमाथि तौलसमूहमा एरिका गुरुङ र एकल कातामा सानुमाया थिङले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। टोलीमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ, कृष्णप्रसाद गौतम, टिम व्यवस्थापक रवि महर्जन, प्रशिक्षक कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ समावेश छन्। साथै तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठ पनि टोलीसँगै इजिप्ट जानेछन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रममार्फत टोलीलाई शुभकामना दिँदै बिदाइ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्