रग्बी टोली बंगलादेश प्रस्थान



काठमाडौं ।
नेपाल–बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । नेपालले मंसिर ७ गते दुई खेल (रग्बी सेभेन्स) र मंसिर ८ गते एक खेल (रग्बी फिफ्टिन्स) खेल्नेछ ।

टोलीमा श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश बासु, विक्रम पुरी, नवीन महर्जन, कपिल सापकोटा, सरोज कपाली, रोहन डंगोल, सन्दिप राईलगायत खेलाडी समावेश छन् । प्रशिक्षकमा कृष्ण थापा र विनोद तामाङ, व्यवस्थापकमा गोपाल क्षेत्री तथा फिजियोमा देवन थापा रहेका छन् ।

यसअघि भदौ २९–३१ गते नेपालमै आयोजना हुने तय भएको सिरिज भदौ २३ र २४ गतेको आन्दोलनका कारण स्थगित भएको थियो ।
टोलिलाई राखेप सदस्य–सचिव टंकलाल घिसिङसहित राखेप पदाधिकारी तथा नेपाल रग्बी संघका पदाधिकारीले बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्