तेस्रो हिसान तार्केश्वर फुटसल भोलिदेखि



काठमाडौं ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) को काठमाडौं जिल्ला अन्तर्गत तार्केश्वर हिसानद्वारा आयोजना हुने तेस्रो हिसान तार्केश्वर फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । आयोजकका अध्यक्ष लिलबहादुर पुनका अनुसार प्रतिस्पर्धामा ब्वाइज ८ तथा गल्र्स ७ गरी १५ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता लिग कम नकआउट विधिमा हुनेछ । समूह विजेता तथा उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता सञ्चालनमा करिब १ लाख रुपैयाँ खर्च हुने संयोजक बद्रीनाथ भट्टले बताए ।
‘सर्वाङ्गीन विकासको एउटा पक्ष : खेलकुद’ नारासहित हुने प्रतियोगिताका खेल शेषमतीस्थित सेक्रेड हार्ट स्कुलमा खेलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्